इनरुवा । इनरुवा नगरपालिका कार्यालयमा नयाँ प्रशासकिय अधिकृतको रुपमा निमित्त प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले बुधबार पदग्रहण गरेका छन् । बुधबार एक कार्यक्रम आयोजना गरी इनरुवा नगरपालिका कार्यालयका शिक्षा शाखा प्रमुखको रुपमा कार्यरत्त निरौलाले निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यभार सम्हालेका छन् ।

कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले निमित्त प्रमुख प्रशासकिय अधिकृत निरौलालाई स्वागत गर्दै अबको नयाँ यात्राको लागी शुभकामना समेत दिए । नयाँ निमित्त प्रमुख प्रशासकिय अधिकृतको स्वागत गर्ने क्रममा नगर प्रमुख मेहताले पदाधिकारी, कर्मचारी लगायतलाई समेत नयाँ व्यवस्थामा सबैल आफ्नो भुमिका अनुसार काम गर्नुपर्ने र जनतालाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रदान गर्न निर्देशन समेत दिए । पदग्रहण कार्यक्रममा नगरपालिकाका पदाधिकारी, कर्मचारी, विषयगत शाखाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो । निमित्त प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले बुधबारबाटै आफ्नो पदभार ग्रहण समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia