इनरुवा। इनरुवाकालागी यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता पाथिभरा इन्टरप्राइजेजबाट मोटरसाईकल खरिद गर्दा हरिनगर गाउँपालिका वडा नं. १ भुटाहाका अमानुल्लाह अन्सारीले एक लाख नगद पुरस्कार प्राप्त गरेका छन्। दसैँ तिहारलाई लक्षित गरी राखिएको अफरमा मोटरसाइकल खरिद गर्दा दैनिक एक जना भाग्यमानीले लक्की ड्र मार्फत एक लाख नगद प्राप्त गर्ने योजना हुदा अन्सारीले उक्त पुरस्कार प्राप्त गरेका हुन । अमानुल्लाहले R15 V3 ABS मोटरसाइकल खरिद गरेका हुन।

बिहिबार भएको लक्की ड्र मा देश भरीका आधिकारीक बिक्रेताहरु सगै दसैँ तिहारलाई लक्षित गरी खोलिएको ग्राहक योजनामा लक्की ड्र बाट एक लाख नगद उपहार परेको पाथिभरा इन्टरप्राइजेजका संचालक अमरेन्द्र कुमार मेहता (अखिलेश) ले इनरुवा अनलाईनसंग बताए। पाथिभरा इन्टरप्राइजेजका संचालक मेहताले एक कार्यक्रमका बिच उक्त पुरस्कार बराबरको धनराशी चेक मार्फत बिजेता अन्सारीलाई हस्तान्तरण गरेका छन । पाथिभरा इन्टरप्राइजेजका संचालक मेहताका अनुसार हामिकाहा अहिले चाडपर्वलाई लक्षित गरी राखिएको अफरमा नया बाइक किन्दा भारि छुट, दैनिक लक्कि ड्र, स्क्राच कुपनमा नगद छुट, एस्चेन्ज अफर, फाईनानसको व्यवस्था ग्राहकहरुका माझ ल्याएकाछौ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia