इनरुवामा जारी टि २० क्रिकेट प्रतियोगिताको पछिल्लो खेलमा बिजयी हुँदै विभागीय टिम एपीएफ फाइनल प्रवेश गरेको छ ।एपीएफले आयोजक इनरुवालाई ४१ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।सेमिफाइनल पुगेको समूह ए कै अर्को टोली जनकपुरले प्रतियोगिता छाडेपछि एपीएफ सोझै फाइनल प्रवेश गरेको हो ।टस जितेर पहिलो ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन जोडेको थियो ।

एपीएफकालागि आशिफ शेखले ४४ रन बनाए भने पृथु बास्कोटाले ३७ रनको पारी खेले । टिमकालागि प्रदीप एैरीले २५, कृष्ण कार्कीले २४ र शरद भेषवाकरले ९ रन जोडे ।वलिङ तर्फ इनरुवाका सरोज बस्नेतले ३ विकेट लिए । दिपेश कंडेलले २ विकेट लिएको खेलमा फिरदोस अन्सारी र सोनु मण्डलले १/१ विकेट हात पारे ।१ सय ७४ रनको लक्ष्य पछ्याएको आयोजक फूलबारी क्रिकेट क्लब इनरुवाले १ सय ३२ रन मात्र जोड्न सक्यो । इनरुवा १९ औं ओभरमा अलआउट हुन पुग्यो ।इनरुवाका लागि पुष्प थापाले २५ रन बनाए भने राकेश सोनीले २१, दीपेश कंडेलले १६ र सोनु मण्डलले १४ रन जोडे । अन्य ब्याट्सम्यान चल्न नसक्दा आयोजक इनरुवा ४१ रनले पराजित हुन पुग्यो ।एपीएफलाई जित दिलाउन इरसाद अहमदले ३ तथा अमर सिंह रौतेलाले २ र शरद भेषवाकर, बिकास आग्री र कृष्ण कार्कीले समान १/१ विकेट लिए । इनरुवाका २ खेलाडी रन आउट हुन पुगेका थिए । खेलको म्याद अफ दी म्चाय एपीएफका कृष्ण कार्की घोषित भए ।प्रतियोगिता अन्र्तगत समूह बीको पहिलो खेलमा आज नेपाल पुलिस र बिराटनगर भिड्ने छन् ।










