असोज ४ गते सम्पन्न उद्योग वाणिज्य संघ इनरुवाको निर्वाचनको मत गणना आज बिहानबाट सुरु भएको छ । स्वस्तिक छापको विषयमा उत्पन्न विवाद समाधान पश्चात मत गणना कार्य थालिएको हो ।उद्योग वाणिज्य संघ इनरुवाको हलमा जारी मत गणनाको परिणाम साँझ सम्म आउने अनुमान गरिएको छ ।

स्वस्तिक चिन्हलाई मात्र मान्यता दिने सहमति पश्चात गणनाको कार्य अघि बढेको निर्वाचन समितिले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नायब उपरीक्षक बिनोद शर्माको नेतृत्वमा खटिएको सुरक्षाकर्मीको टोली मत गणना स्थलको सुरक्षामा खटिएको छ ।मत गणना स्थलमा प्रवेशमा भने प्रहरीले कडाई गरेको छ । संचारकर्मीलाई समेत समाचार संकलनमा अवरोध गरिएको छ । चेकजाँचमा बसेका सुरक्षाकर्मीहरुले सरको आदेश भन्दै संचारकर्मीहरुलाई समेत गेट बाहिरै रोक्ने गरेका छन् ।निर्वाचन समितिका संयोजक कृष्ण दाहालले एक पटकमा एकजना संचारकर्मीलाई प्रवेश दिइने गरी पालो सिष्टम मिलाइएको बताए । यद्यपी समाचार संकलनकालागि पुगेका संचारकर्मीहरुले पालो कुरेपनि सुरक्षाकर्मीले बाहिरै कुर्न भन्दै प्रवेशको अनुमति नदिंदा फर्किनु परेको बताए । दलका नेता तथा कार्यकर्ताहरुको आउजाउमा भने प्रहरीले कुनै रोकतोक गरेको छैन् ।










