- अमर काफ्ले

इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत आजको खेल स्थगित भएको छ ।वर्षाका कारण मैदानमा पानी जमेकाले आज राती हुने खेल स्थगित गरिएको प्रतियोगिता संयोजक सञ्जय यादवले बताए ।समूह बी अन्र्तगतको पहिलो खेलमा आज नेपाल पुलिस र बिराटनगरबिच प्रतिष्पर्धा हुने कार्यतालिका रहेको थियो ।आजलाई स्थगित गरिएको खेल भोलि खेलाइने आयोजकले जनाएको छ ।

समूह बी मा विभागीय टोलीहरु नेपाल पुलिस र आर्मी सहित बिरगञ्ज,धनगढी,बिर्तामोड, झापा र काठमाण्डौं रहेका छन् । समूह ए बाट विभागीय टोली एपीएफ यसअघिनै फाइनल पुगिसकेको छ ।मौसम पूर्वानुमान महाशाखाले अझै केहिदिन वर्षा जारी रहने अनुमान गरेकाले प्रतियोगिताका खेलहरु प्रभावित हुने देखिएको छ ।


तपाईको प्रतिक्रिया

trusted online casino malaysia