उद्योग वाणिज्य संघ इनरुवाको निर्वाचनको मत गणना आज बिहानबाट सुरु भएको छ । उद्योग वाणिज्य संघ इनरुवाको हलमा जारी मत गणनाको ताजा परिणाम अनुसार अध्यक्ष पदकालागि बिरेन्द्र शाह १४६ तथा पंचदेव मेहता १२९, उपाध्यक्ष पदकालागि गिरी राज अटल १४८ तथा बद्रि स्वर्णकार १२५, सचिव पदकालागि रोशन खडका १५२ तथा मनोज जैन १२५, सहसचिव पदकालागि सुरेन्द्र साह १४१ तथा चन्द्र रिजाल १३४, कोषाध्यक्ष पदकालागि रमेश श्रेष्ठ १६२ तथा कृष्ण देव मेहता ११७ मत प्राप्त गरेका छन्।










