12459955_988096587904935_265468918_n
पुष १८ इनरुवा/
सुनसरीको इस्लामनगरमा स्थानीय मुस्लिम संगठनले विपन्न समूदायका लागि जाडोका लुगा वितरण गरेको छ ।
मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटी नरसिङले आज एक औपचारिक कार्यक्रमकावीच विपन्न समूदायलाई न्यायो कपडा वितरण गरेको हो ।
सोसाइटीका संरक्षक मौलाना मोहमद युनुसको उपस्थितीकावीच प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले न्यायो कपडा वितरण गर्नुभएको थियो ।
जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायत सरोकारवालाहरुको उपस्थिती रहेको राहत वितरण कार्यक्रममा ब्लाङकेट, कम्बल, ज्याकेट, सुइटर , मफलर लगायतका न्यायो कपडा वितरण गरिएको थियो ।
सुनसरी,मोरङ,झापा, इलाम र सप्तरी जिल्लामा कार्यक्षेत्र बनाई काम गर्दै आएको मिल्लत एजुकेशनलले विपन्न, दलित, गरिव, असहाय, अशक्त र पीडित परिवारकालागि राहत सहयोग लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको अध्यक्ष जिरोज आलम फलाहीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia