इनरुवा। सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले हतियार र लागुऔषध सहित दुईजना युवालाई पक्राउ गरेको छ । सीमावर्ती क्षेत्रमा भारतबाट नेपाल तर्फ आउँदै गरेका मोरङ सुन्दरहरैंचाका अरुणकुमार चौधरी र प्रकाश चौधरीको साथबाट प्रहरीले मेड इन यूएस लेखिएको पेस्तोल सहित म्याग्जिन र ३ थान गोली बरामद गरेको हो ।

प्लाष्टिकको झोला बोकी नेपाल तर्फ पैदल आउँदै गरेको उनिहरुको साथबाट प्रहरीको टोलीले फेनारगन, लुपिजेसिक, एभिल, डाईजेल्याव जस्ता लागुऔषध समेत बरामद गरेको जनाएको छ । सुनसरी प्रहरीका अनुसार पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ ।











