वर्षाका कारण प्रभावित बनेको रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिताका बाँकी खेलहरु आजबाट संचालनमा आउने भएका छन् ।

आजबाट समूह बी अन्र्तगतका खेलहरु संचालन हुने छन् । प्रतियोगिता अन्र्तगत आज दुई खेल हुने छन् ।इनरुवा खेल मैदानमा साँझ ६ बजेपछि सुरु हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले बिराटनगरको सामना गर्ने छ । त्यसैगरी आजै राती हुने खेलमा आर्मीले बिरगञ्जको सामना गर्दैछ ।दुई खेल खेलाइने भएकाले ओभर भने छोट्याइए छ । आयोजक फुलबारी क्रिकेट क्लब इनरुवाका अध्यक्ष शिबु यादवका अनुसार आज हुने दुबै खेल १५=१५ ओभरमा खेलाइने छ ।










