लौकही । सुनसरीको कोशी गाउँपालीकाले विपद जोखिम न्यूनीकरणका विभिन्न सामाग्री वितरण गरेको छ । मंगलबार आयोजित एक कार्यक्रम मार्फत सुनसरीको ४ वटा सिमा क्षेत्रकमा कोशी गाउँपालीकाको कार्यलय लौकहीले विपद जोखिम न्यूनीकरणका विभिन्न सामाग्री वितरण गरिएको छ। सिमा सुरक्षा वल भान्टावारी, लाही श्रीपुर, सिमा सुरक्षा वल श्रीपुर,लौकही र इलाका प्रहरी कार्यालय लौकहीलाई पनि १० थान लाइफ ज्याकेट र वाटर टुयब एक थान गरि जम्मा ५० थान विपद जोखिम न्यूनीकरणका विभिन्न सामाग्री वितरण गरिएको हो।

कोशी गाउँपालीकामा संचालन गरिएको कार्यक्रम अन्तर्गत विपद तथा जलवायु उत्थानशिल योजना अनुसार जोखिम न्यूनीकरण गर्नका निम्ति कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले सामाग्री वितरण गरिएको उनका प्रमुख स्वकीय सचीव धर्मेन्द्र विश्वासले बताए । विश्वासका अनुसार कोशी गाउँपालीकाले पानी तान्ने ट्यांकर,फायर रेस्क्यू ज्याकेट, ५ थान रेस्क्यू ट्युब, १ सय मिटर डोरी र ५० थान लाइफ ज्याकेट वितरण गरिएको हो । जोखिम न्यूनीकरण गर्नका कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले विपद पर्दा गाउँपालिकाको कुनै जनतालाइ दु:खद घडीमा उपलब्ध सामाग्रीको उचित तरिकाले व्यवस्थापन र संरक्षण गर्न सबैमा आग्रह समेत गरे ।आगो निभाउनका लागि उपलब्ध गराएको ट्यांकर आगलागीका घटनामा मात्र प्रयोग गर्न अध्यक्ष अंसारीले आग्रह गरेको छ ।










