सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत पछिल्ला खेलहरुमा नेपाल पुलिस क्लब र आर्मी बिजयी भएको छ ।वर्षाका कारण तीन दिन खेल अवरुद्ध भएका कारण गयराती दुई खेल खेलाइएको हो ।समूह बी को पहिला खेलमा बिभागीय टोली नेपाल पुलिस क्लबले बिराटनगरलाई पराजित गर्दा दोस्रो खेलमा नेपाल आर्मीले बिरगञ्जलाई पाखा लगाएको हो ।

पहिलो खेलमा पुलिसले बिराटनगरलाई २० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरको खेलमा १ सय ६३ रन जोडेको थियो । उसकालागि दिलिप नाथले ४५ तथा अमित श्रेष्ठले ४० रन बनाए भने योगेन्द्र कार्की २३ र प्रेम तामाङले अविजित १७ रनको पारी खेले ।१ सय ६४ रनको लक्ष्य पछ्याएको बिराटनगरले पुरै २० ओभर खेलेपनि १ सय ४३ रनमात्र जोड्न सक्यो ।त्यसैगरी दोस्रो खेलमा नेपाल आर्मीले बिरगञ्जलाई १९ रनले पराजित गरेको छ । १ सय ६९ रनको बिजयी लक्ष्य पछ्याएको बिरगञ्जले ८ विकेट गुमाएर १ सय ५० रन मात्र बनाएपछि आर्मी १९ रनले बिजयी भएको हो ।पुलिसका योगेन्द्र कार्की र आर्मीका हरिबहादुर चौहान म्यान अफ दी म्याच घोषित भए ।

तपाईको प्रतिक्रिया