- अमर काफ्ले

इनरुवामा संचालनमा रहेका अधिकांश मासु पसल अयोग्य रहेको पाइएको छ ।इनरुवा नगरपालिका सहित सरोकारवाला टोलीको अनुमनका क्रममा अधिकांश पासु पसल अयोग्य रहेको पाइएको हो ।उपप्रमुख जमुना गौतम पोखरेल सहितको टोलीले गरेको अनुगमनका क्रममा पासु पसलहरु फोहोर र अव्यवस्थित रहेको फेला पारेको हो ।

कुखुरा र खसीको मासु एकै ठाउँमा बेच्न राखिएको, सबैजसो मासु पसलेले फ्रिज प्रयोगमा नल्याएको, झिंगा भन्केको र सरसफाईमा ध्यान नदिने गरेको भेटिएको उपप्रमुख पोखरेलले बताइन् ।दर्जनबढी मासु पसलहरुमा अनुगमन गरिएको बताएको टोलीले गुद्रीमा संचालित मासु पसल फोहोर र बढी अव्यवस्थित पाइएको जनाएको छ ।खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख खाद्य निरिक्षक बिक्रम लिम्बुले मासु पसलेहरुलाई सरसफाईमा ध्यान दिन सचेत गराइएको बताए ।नियमित अनुगमन जारी रहने बताएका लिम्बुले चाडबाडमा स्वस्थ र ताजा मासु मात्रै उपभोगमा ल्याउन सर्वसाधारणमा अनुरोध समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia