- अमर काफ्ले

पहिलो संस्करणको बिजेता नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । गयराती सम्पन्न क्वाटर फाइनलमा आर्मीसँग ८ विकेटले पराजित हुँदै नेपाल पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएको हो ।पुलिसले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन जोडेको पुलिसकालागि सुनिल धमलाले ५४ रनको अर्धशतकीय पारी खेलेपनि अन्य ब्याट्सम्यान खुलेर टिक्न सकेनन् । अमित श्रेष्ठले २२ रन जोडेको खेलमा दिलिप नाथले १५ र कुशल भुर्तेलले १४ रन बनाएका थिए ।

पुलिसलाई मध्यम योगफलमा समेट्ने क्रममा आर्मीकालागि आकाश चन्दले ३ तथा चन्द्र साउद र विवेक यादवले समान १÷१ विकेट हात पारे । जितकालागि १ सय ४१ रनको लक्ष्यसाथ मैदान उत्रिएको आर्मीले पुलिस विरुद्ध ८ विकेटको सहज जित दर्ता ग¥यो । आर्मीकालागि राजु रिजाल र अनिल मण्डलले पहिलो विकेटकालागि १ सय २६ रनको साझेदारी गरेको थिए । शतक बनाउन चुकेका रिजालले १३ चौका र ३ छक्को मद्यतमा ९५ रन बनाए । मण्डल भने २७ रनमा नटआउट रहे ।वलिङ तर्फ पुलिसका ललित भण्डारी र रामनरेश गिरीले १÷१ विकेट हात पारे ।त्यसैगरी इनरुवा खेल मैदानमै सम्पन्न अर्को खेलमा धनगडीले बिरगञ्जलाई ८ विकेटले पराजित ग¥यो । प्रतियोगिता अन्र्तगत आजको खेल धनगडी र झापाबिच हुने छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia