- बिरेन्द्र शाह

असोज १४ गतेबाट सञ्चालित यामाहा महा एक्सचेन्ज मेलामा मोटरसाइकल तथा स्कुटर पारखीहरुको दिनहु भुईचो बढ्दै गएको छ। इनरुवाका लागि यामाहा ब्राण्डको मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता पाथिभरा ईन्टरप्राइजेजले असोज १४ देखि १७ गतेसम्म यामाहा महा एक्सचेन्ज मेला आयोजना गर्दै आएको छ। यस मेलामा दैनिक ४० भन्दा बढी मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज हुने गरेको पाथिभरा ईन्टरप्राइजेजका संचालक अमरेन्द्र कुमार मेहता (अखिलेश)ले जानकारी दिए । त्यसै अनुपातमा नया मोटरसाइकल तथा स्कुटरको पनि बिक्रि भै रहेको जानकारी दिए।

स्थानिय स्तरमा यामाहा ब्राण्ड लोकप्रिय हुदै गर्दा कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा न्युनतम तीस हजार मूल्यांकन गरिने संचालक मेहताले जनाएको छ । मेलामा अन द स्पोट फाइनान्स फ्यासिलिटि, निःशुल्क एक्सेसररिज, फ्रि चेक अप क्याम्प, टेस्ट राइड, राइड कम्पिटिसन र डोर प्राइज पनि राखिएको छ। यामाहा महा एक्सचेन्ज मेलामा असोज १७ गतेसम्म मात्र सञ्चालन हुने भएकोले गर्दा समयमै मौकाको फाईदा उठाउन मोटरसाइकल तथा स्कुटर पारखीहरुलाई मेहताले आग्रह गरेकाछन्।



तपाईको प्रतिक्रिया

trusted online casino malaysia