Inaruwa bnnn
इनरुवा पुष १९ /
जिल्ला वन कार्यालय सुनसरीले वन क्षेत्र अतिक्रमण गरि उपभोगमा रहेका सरकारी जग्गा नियन्त्रणमा लिने पहल सुरु गरेको छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले जिल्ला वन सँगको समन्वयमा अतिक्रमित सरकारी वनक्षेत्र फिर्ताको प्रयास थालेको हो ।
वनक्षेत्र फडानी गरी बसालिएका वस्ती र जग्गा जमिनमा परिणत गरिएका वन क्षेत्रको भूभागलाई समितिले मातहतका निकायसँगको संयुक्त पहलमा नियन्त्रणको प्रयास थाल्ने भएको हो ।
नदीनालाको व्यवस्थापन , भूसंरक्षण, सीमसार व्यवस्थापन सँगै जोखिममा रहेको चुरे पहाड तथा नदी व्यवस्थापनलाई मध्यनजर गर्दै केन्द्रिय नीति अनुरुप अतिक्रमित क्षेत्र नियन्त्रणमा लिन लागिएको चुरे संरक्षण विकास समितिका योजनाकार डाक्टर विनोद भट्टले बताउनुभयो ।
जिल्लास्थित सरोकारवाला निकायका प्रमुख सहित राजनैतिक दलका प्रतिनीधि लगायतको भेला डाकी जिल्ल वन कार्यालय सुनसरीले अतिक्रमित बन नियन्त्रणको अभियानमा समन्वयकारी भूमिकाको अपेक्षा गरेको थियो ।
बढ्दो वनविनास र जलवायु परिवर्तन जस्ता मुद्धालाई मध्यनजर गरी अतिक्रमित वन क्षेत्रमा पर्ने जग्गाहरु अतिक्रमण हुन नदिन नियन्त्रण गर्न लागिएको जिल्ला वन कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia