इनरुवा। सुनसरीको इनरुवामा जारी मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । आज हुने खेलमा धनगढीले नेपाल आर्मीको सामना गर्दै छ ।

गयराती सम्पन्न खेलमा झापालाई पराजित गर्दै धनगढीले सेमिफाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।साविक बिजेता पुलिसलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको आर्मी र धनगढी बिचको बिजेताले भोलि हुने फाइनलमा उपाधीकालागि एपीएफ सँग प्रतिष्पर्धा गर्ने छ ।प्रतियोगिता अन्र्तगत गयरातीको खेलमा धनगढीले झापा माथि ७३ रनको जित दर्ता गरेको छ ।टस जितेर पहिलो ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।धनगढीकालागि दिपक बोहराले २६ बलमा ६ छक्का र ४ चौकाको मद्दतमा अविजित ६३ रन बनाए । टिमकालागि बिपिन रावलले ४२ र सुबोध अयरले २५ रन जोडे ।बालिङ तर्फ झापाका बिपिन महतोले ३ तथा राज थापा, मनोज तामाङ र सुमिरन राईले समान एक एक विकेट लिए ।१ सय ८६ रनको लक्ष्य पछ्याएको झापाले पुरै २० ओभर खेलेपनि जित हात पार्न भने सकेन् । झापाले ८ विकेको क्षतिमा १ सय १२ रन मात्र जोड्न सक्यो । उसकालागि मनोज तामाङले सर्वाधिक २५ तथा राज थापाले १५ रन बनाए ।झापाको ब्याटिङ धरारासी बनाउने क्रममा धनगढीका बिनोद लामा एक्लैले ४ विकेट चट्काए । त्यस्तै भुवन कार्कीले २ तथा नारायण जोशाी र सुबोध अयरले एक एक विकेट लिए । खेलको म्यान अफ दी म्याच धनगढीका दिपक बोहरा घोषित भए ।

तपाईको प्रतिक्रिया