- अमर काफ्ले

विगतका सात वर्ष देखि दशैंमा इनरुवालाई नचाउँदै आएको सांगितिक कार्यक्रम मेघा रिदम ईभ यस पटक मुस्किलले सञ्चालनमा आउँदै छ ।नगरपालिका, वडा तथा स्थानीय संघ संस्था र दाताबाट जुटेको सहयोगबाट यसअघिका वर्षमा सांगितिक कार्यक्रम हुँदै आएकोमा यसपटक भने आयोजकलाई सहयोग जुटाउन निकै पापड बेल्नु परेको छ ।

इनरुवा नगरपालिका, वडा नम्वर ३ सहित स्थानीय संघसंस्थाबाट सहयोग नजुट्दा आयोजक इनरुवा इभेन्ट म्यानेजमेन्टले यस पटकको कार्यक्रमलाई जेनतेन धानेर संचालनमा ल्याउन लागेको छ ।इनरुवा इभेन्ट म्यानेजमेन्टले दशैंको अवसरमा इनरुवामा राष्ट्रिय ख्याती प्राप्त गायकहरु बोलाएर सांगितिक कार्यक्रम आयोजना गर्दै आएको छ ।यस पटक दशैंको अष्टमी अर्थात असोज १९ गते साँझ महेन्द्रचौकमा आयोजना हुने आठौं मेघा रिदम ईभमा गायक सविन राई सहितको प्रस्तुति रहने छ ।कार्यक्रमकालागि आर्थिक सहयोग संकलनमा कठिनाईको सामना खेपेपनि आयोजकले मनोरञ्जनात्मक कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको जनाएको छ ।

इनरुवा इभेन्ट म्यानेजमेन्टका अध्यक्ष राकेश निरौलाले कठिनाईका बाबजुत कार्यक्रम आयोजना गर्न लागिएको बताए । कार्यक्रम आयोजनाबाट हात झिकिसकेको अवस्थाकाबीच म्यानेजमेन्टले शुभचिन्तक लगायतको आग्रहमा कार्यक्रम संचालन गर्न लागेको हो ।धरान र इटहरी जस्ता ठूला शहरहरुमा मात्रै सीमित सांगितिक कार्यक्रमलाई इनरुवामा समेत स्थापित गराउन मेघा रिदम ईभले महत्पूर्ण भूमिका खेल्दै आएको बताउने कार्यक्रम संयोजक सुशान्त बन्नेतले सरोकारवालाहरुबाट सहयोग उपलब्ध नहुनु र वेवास्ता गर्नुलाई दुखुद विषय भएको बताए ।दशैंको अवसरमा यसअघि इनरुवा इभेन्ट म्यानेजमेन्टले इनरुवा आयोजना गरेको कार्यक्रममा दिपक बर्जाचार्य, प्रनिल तिमल्सिना, नारद खतिवडा, रेखा शाह, सञ्जय श्रेष्ठ, एमटी 8848, अतृप्त बैण्ड, रोविन एण्ड द न्यू रिभोलुसन, मनोज गजुरेल, नविन के भट्टराई, कुटुम्ब, कन्दरा र मङ्गोलियन हर्टले सांगितिक प्रस्तुति दिई सकेका छन् ।इनरुवाकालागि सांगितिक माहौल जमाउने कार्यक्रमका रुपमा रहेको मेघा रिदम इभ आर्थिक सहयोगको अभावमा परेकाले आउँदा वर्षमा यसले निरन्तरता पाउने सम्भावना क्षण देखिंदै गएको छ । स्वयं आयोजक समेत यस पटकको कार्यक्रमलाई सायद ! अन्तिम पटक भनिरहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia