- अमर काफ्ले

दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ ।दोस्रो संस्करणको उपाधीकालागि आज साँझ हुने खेलमा विभागीय टोली एपीएफ र धनगढी भिड्दै छन् ।गयरातीको खेलमा उपाधीको दाबेदार मानिएको नेपाल आर्मीलाई ३० रनले पराजित गर्दै धनगढीले एपीएफसँगको उपाधी भिडन्त पक्का गरेको हो ।इनरुवा खेल मैदानमा गयराती सम्पन्न खेलमा टस हारेर पहिलो ब्याटिङमा उत्रिएको धनगढीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन जोडेको थियो ।

धनगढीकालागि बिपिन रावलले ५१ रनको अर्धशतकीय पारी खेले भने भुवन कार्कीले २४, खड्क बोहराले १५ र लोकेश बमले १३ रन जोडे ।बलिङ तर्फ आर्मीका बिवेक यादवले ३ तथा बिक्रम सोब, जितेन्द्र मुखिया, साहाब आलम र चन्द्र साउदले समान १÷१ विकेट हात पारे ।१ सय ५३ रनको लक्ष्य पछ्याएको आर्मी १७ दशमलव १ ओभरमा १ सय २२ रनमा समेटियो ।आर्मीकालागि चन्द्र साउदले ३१ रन बनाए भने बिवेक यादवले २४ रन बनाउँदा जितेन्द्र मुखियाले १७ र राजु रिजालले टिमकालागि १६ रन जोडे ।बलिङ तर्फ धनगढीका बिनोद लामा र अमन पन्थीले समान ३÷३ विकेट लिँदा भुवन कार्कीले २ तथा महेश अधिकारी र नारायण जोशीले १÷१ विकेट हात पारे ।खेलको म्यान अफ दी म्याच धनगढीका बिपिन रावल घोषित भए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia