- जयकृष्ण यादव

इनरुवा। नेपाल सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्य एवमं जनसंख्या मन्त्री उपेन्द्र यादवले देशमा कायम रहेको विभेद, असमान्तालाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । सुनसरीको कप्तानगञ्जमा शुक्रबार स्वास्थ्य चौकीको उद्घाटन गर्नुहुदै मन्त्री यादवले सघीयता, र्धमनिर्पेक्षतालाई सस्ंथागत गरि विभेद, असमान्तालाई अन्त्य गर्नुपर्ने बताउनुभएको हो । वहाँले समावेशीतामा भएको हस्तक्षेप र राज्य पुनःसंरचनामा आफूहरुको आपति रहेको बताउनुहुदै भएको उपल्बधीलाई संस्थागत गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उपप्रधानमन्त्री यादवले देशको विकासका लागि स्तरीय शिक्षा र स्वास्थ्यको आवश्यकता रहेको समेत औल्याउनुभयो । वहाँले शिक्षा र स्वास्थ्य स्तरीय नभएको खण्डमा देश विकास सम्भव नहुने भएकोले शिक्षाक्षेत्र र स्वास्थ्यको विकास आवश्यक रहेको बताउनुभएकोछ । विकासको क्षेत्रमा फड्को मारेको र त्यसको उवजको रुपमा स्वास्थ्य चौकि भवन निमार्ण गरेको समेत बताउनुभयो ।

वहाँले सरकारले प्राथमिक स्वास्थ्य सेवा निशुल्क, स्वास्थ्य संस्थामा ७० प्रकारको औषधि निशुल्क गरेको, स्वास्थ्यकर्मी, अस्पताल निमार्णको कामले गरि पाएको बताउनुभयो । वहाँले प्रत्येक वडामा स्वास्थ्य चौकी, प्रत्येक गाउँपालिकामा १५ सैयाको अस्पताल निमार्ण गर्ने सरकारी नीति रहेको बताउनुभएको छ । स्वयंसेविकालाई स्वास्थ्य सेवामा पहुँचका बाहक सरकारले हेरेको, प्रत्येक प्रदेशमा सुविधा सम्पन्न अस्पताल निमार्ण भईरहेको, प्रदेशमा स्वास्थ्य प्रयोगशाला, प्रादेशिक अस्पताल निमार्ण भएपछि क्रमशः सबै नागरिकको उपचार निशुल्क गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । वहाँले गरिब, विपन्न र पिछडिएको क्षेत्र तथा जेष्ठ नागरिकलाई निशुल्क विमा कार्यक्रम समेत ल्याएको बताउनुभयो । स्वास्थ्यमा आवश्यक जनशक्ति , उपकरण , भौतिक संरचनाको सर्वे गर्ने तयारी भएको र त्यसको आधारमा सबै क्षेत्रमा आवश्यकताका हेरेर निर्माण र जनशक्ति व्यवस्थापन गर्ने पक्षमा सरकार रहेको सुनाउनुभयो । मन्त्री यादवले दिर्घ रोगिको लागि सहुलियत सेवा ल्याएकाले सबैले यसमा हातेमालोको आवश्यक रहेको बताउनुभयो । विशेष अथिति प्रदेश सासद जयराम यादवले समावेशी ,संघीयता, समानुपातिक प्रतिनिधित्वको ग्यरेण्टि गर्ने काम समाजवादी पार्टीको पहलमा भएको र मधेसी जनालाई पहिले साशकहरुले मेधसीलाई तिम्रोमा आउदा के खुवाउने मेरो आउदा के लिएर आउने जिन्जरबाट मुक्त गरेको बताउनुभयो । वहाँले यतीको कामभए पनि भौतिक सरचना मजवुत पार्न र गुणस्तरीयताका लागि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । वहाँले उपेन्द्रको भाषणको माध्यमले देशलाई जोड्ने काम गरेको दावी गर्नुभयो । समाजवादी पार्टीका अध्यक्ष समेत रहनुभएका उपेन्द्र यादवले फरक प्रसंगमा संघियता मजवुत गर्न र राज्यको पुनः संरचना नेपालीपन अनुसार हुनुपर्ने बताउनुभएको छ । मानव अधिकार ,पहिचान, स्वभिमान, राजनीतिक अस्तित्व संकटमा परेकाले त्यसका लागि संविधान संसोधन आवश्यक रहेको बताउनुभयो ।वहाँले अहिलेको राज्य पुनसंरचना, पूर्ण समावेशी, राज्यमा सबैको पहुँच अझै नभएको र आरक्षणको कोटामा कटौतीको त्रास रहेको बताउनुभयो ।वहाँले भन्नुभयो “नागरिकमा राजनीतिक ज्ञान बढेको छ, विभेद, असमझदारी, असमानता हटाउनुपर्ने पक्षमा अवाज उठेकाले कसैले झुठको खेती गर्न अव नसक्ने अवस्था आएको छ” । वहाँले सिमानाका जनताको लागि स्वास्थ्य चौकीले स्वास्थ्य सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा राजनीतिक दलका सन्तोश भगत, मुगालाल मेहता लगायतकाले सात कठ्ठा क्षेत्रफलमा भवन निमार्ण भएको स्वास्थ्य चौकीले सिमानाका नागरिकले सेवा पाउने बताएका छन् । वक्ताहरुले सिमानामा रहेको समस्याको अवगत गराउदै विकासका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । गाउँमा १५ सैयाको अस्पताल बनाउनुपर्ने माग समेत पूर्व सभासद मुगालाल मेहताले गर्नुभयो ।

पिछडिएको गाउँ भएकोले विकासका लागि यातायात, अस्पताल , खानेपानी, सिमा सुरक्षाको व्यवस्था गरिदिन आग्रह समेत गर्नुभयो । चोरीमा कमि नआएको, जग्गा बेचेर भैंसी किनेको तर चोरि गरि लगेको गुनासो समेत स्थानीयले सुनाएका छन् । भारतीय चोरको कारणले सिमाका नागरिक असुरक्षित रहेको भन्दै सुरक्षाको माग गरेको छ । सबैलाई स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउनुपर्ने माग समेत स्थानीयले गरेका छन् । स्वास्थ्य चौकीको निमार्ण लागत २ करोड ३० लाख रुपियाँ रहेकोमा भवनको लागत अनुसार काम नभएको आरोप समेत स्थानीयले लगाएका छन् ।सुनसरीको देवानगन्ज गाउँपालिका ३ कप्तानगञ्जमा स्वास्थ्य चौकिको नयाँ भवन उद्घाटन गरिएकाले केही खुसी व्यक्त गरेका छन् । समाजसेवी महेश तुलाधरले प्रदान गरेको जग्गामा स्वास्थ्य चौकीको भवन निमार्ण भएपछि उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नुभएको हो । स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार भगतको अध्यक्षता र यादवको प्रमुख आथित्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । प्रदेश सभा सदस्य जयराम यादव, राजकुमार मेहता, मुगालाल मेहता, देवानगञ्ज गाउपालिका अध्यक्ष लालिप्रसाद मेहता, उपाध्यक्ष पुनितादेवि यादव, वडा अध्यक्ष वद्रिप्रसाद यादव, अशोक यादव, समाजवादी पार्टीका भुवनेश्वर यादव, गोवरधन यादव जग्गा दाता रमेश तुलाधर, महेश प्रसाद तुलाधर, नरेश तुलाधर, उमेश तुलाधर, दिनेश तुलाधर, रिता श्रेष्ठ लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia