- अमर काफ्ले

सुनसरीको इनरुवामा सम्पन्न दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी विभागीय टोली एपीएफले जितेको छ ।गयराती सम्पन्न खेलमा धनगढी माथि १ सय ५० रनको भारी जित निकाल्दै एपीएफले उपाधी चुमेको हो ।१ सय ८८ रनको लक्ष्य पछ्याएको धनगढीलाई १० दशमलव ३ ओभरमा ३७ रनमा समेट्दै एपीएफले फाइनलमा एकतर्फी नतिजा निकालेको हो ।दोस्रो संस्करणको उपाधी जितेको एपीएफले शिल्ड र प्रमाणपत्र सहित नगद २ लाख प्राप्त गरेको छ । उपबिजेतामा सीमित बन्न पुगेका धनगढीले शिल्ड र प्रमाणपत्र सहित नगद १ लाखमा चित्त बुझाएको छ ।

एपीएफको उत्कृष्ठ वलिङ र फिल्डिङसामू धनगढीको पारी सुरुवातबाटै धरमराएको थियो ।पहिलो बलमै विकेट गुमाउन पुगेको धनगढी त्यसपछि सम्हालिन सकेन् । दबाबमा आएको धनगढी एकपछि अर्को विकेट गुमाउँदै ३७ रनकै अलआउट हुन पुग्यो । धनगढीकालागि लोकेश बलमे १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रनको आंकडा छुन सकेनन् ।धनगढीलाई धरासाही बनाउँदै टिमलाई उपाधी दिलाउन एपीएफका क्याप्टेन शरद भेषवाकरले ४ तथा इरसाद अहमदले ३ विकेट चट्काए । कृष्ण कार्कीले २ विकेट हात पारे ।

पहिलो पारीमा ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८७ रन जोडेका थियो ।उसकालागि कृष्ण कार्कीले अविजित ४९ रन बनाए भने शंकर रानाले ४६ रन बनाउँदा शरद भेषवाकरले २५, प्रदीप ऐरीले २०, सुमित महरा १५ तथा आसिफ शेखले १० रनको पारी खेले । वलिङ तर्फ धनगढीका बिनोद लामाले ३ विकेट लिए ।फाइनल खेलको म्यान अफ दी म्याच बिजयी टिमका कृष्ण कार्की घोषित भए । त्यसैगरी प्रतियोगिताको उदयमान खेलाडी आयोजक टिमका राकेश सोनी बन्न सफल भए । बेष्ट बलर आयोजक फूलबारी क्रिकेट क्लबकै सरोज बस्नेत, बेष्ट ब्याट्सम्यान एपीएफका आशिफ शेख तथा म्यान अफ दी सिरिजबाट धनगढीका बिनोद लामा पुरस्कृत भए । नगर प्रमुख राजन मेहताका साथै आयोजक संस्थाका अध्यक्ष शिबु यादब सहितका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia