- अमर काफ्ले

शारदा माबि बलाहाको नव निर्मित ४ कोठे भवन औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ ।प्रदेश एकका प्रमुख प्रतिप्रक्षी दलका नेता राजिब कोइराला र इनरुवा नगरपालिका प्रमुख राजन मेहताले विद्यालय भवनको उद्घाटन गर्नु भएको हो ।

पूर्व विद्यार्थी सम्मान तथा दशैं शुभकामना आदानप्रदान कार्यक्रमकाबीच भवन उद्घाटन गराइएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज पोखरेलका अनुसार राजिब कोइरालाको सांसद बिकास कोष र संघीय सरकारबाट प्राप्त रकमबाट विद्यालय भवनका कोठा निर्माण गरिएको हो । संचरना निर्माणमा विद्यालयको समेत गरी करिब ३० लाख रकम खर्चिएको पोखरेलले बताउनु भयो ।सो कार्यक्रममा पूर्व विद्यार्थी डा.रमेश पोखरेललाई सम्मान गरिएको थियो । साथै पूर्व विद्यार्थी समाज समेत गठन गरिएको छ ।पछिल्लो समय शारदा माबि इनरुवाकै नमूना विद्यालय बनेको छ । पूर्वाधार, विद्यालयको भौतिक संरचना, कम्प्युटर शिक्षा, र वाल शिक्षा जस्ता कार्यक्रम संचालनमा ल्याएको शारदाले छिटैनै प्राविधिक शिक्षालाई पाठ्यक्रममा समावेश गर्ने जनाएको छ । विद्यालयमा सीसी क्यामेरा जडान गरिनुका साथै फ्रिज सहितको चिसो पानीको व्यवस्था मिलाइएको छ । विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिएको व्यवस्थापन समितका अध्यक्ष पोखरेलले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia