लौकही । सुनसरीको कोशी गाउँपालीका ३ नहर चौकबाट सशस्त्र प्रहरीले २५ थान कोरेक्स र ४०० थान कैपसुल सहित भोक्राहा नरसिंह गाउँपालिकाका एक युवकलाइ शस्त्र प्रहरी वल श्रीपुरले पक्राउ गरेको छ । सोमबार विहान ११ बजे भारतको भिमनगर बजार बाट ल्याइएको अवस्थामा बिओपी श्रीपुरका इन्चार्ज देबेन्द्र मैनाली नेतृत्वको टोलिले बरामद गरेको हो ।

बिओपी सशस्त्र प्रहरी वलका देबेन्द्र मैनालीका अनुसार भारतीय बजारबाट लुकाइछिपाई ल्याइएको २५ थान कोरेक्स ४०० थान कैपसुल, १ थान छुरा १ थान ब्रासलेट १ थान घडी १ थान येलोकटोनिक चुरोट र को २ ह ३९२३ नम्बरको आटो सहित एक जना युवकलाई अवश्यक कार्यवाहीको लागि इलाका प्रहरी कार्यालय लौकही सुनसरी बुझाएको छ । पछिल्लो समयमा सुनसरीको सिमा क्षेत्र संग जोडिएको नाका क्षेत्रबाट हुँदै आएका आपराधिक क्रियाकलापहरु जस्तै हातहतियार, लागूऔषध, चोरीपैठारी नियन्त्रण गर्न प्रहरी सकृय भएको छ।










