इनरुवाको एसी सहितको डिजिटल हलमा नेपाली चलचित्र ‘छ माया छपक्कै’ प्रर्दशनमा आउने भएको छ । इनरुवाको भगवती रोडमा रहेको क्लासिक होटलसँगै संचालनमा ल्याइएको सीबी सिनेमा हलमा असोज २४ गते (आज ) १२ बजेको शो बाट छ माया छपक्कै फिल्म चलाउन लागिएको हो ।


नेपालभर एकसाथ रिलिज हुन लागेको उक्त फिल्मलाई इनरुवामा संचालनमा आएको एसी सहितको फोल्डिङ सिट भएको डिजिटल हल सीबी सिनेमाले समेत प्रर्दशनमा ल्याउन लागेको हो । सिनेमा हल संचालक चिरञ्जिबी बस्नेतका अनुसार फिल्मको टिकट १ सय ५० रुपैया तोकिएको छ ।  इनरुवामा सुविधा सम्पन्न र आरामदायी हल नभएकाले समेत सीबी सिनेमाले दर्शकको मन जित्ने बस्नेतको विश्वास छ ।
१ सय ४८ सिट क्षमता रहेको सीबी सिनेमा हलमा २ वटा अलग्गै Family B0x रहेका छन् । उक्त बक्स एकमुष्ट बुक गर्दा छुट समेतको व्यवस्था मिलाएको सीबी सिनेमाले जनाएको छ । फिल्म हेर्नकालागि मो.न. ९८१६३२८८११  मा सम्पर्क गरी टिकट बुक गर्न सकिने छ ।

१२, ३ र साँझ ६ बजेको शो संचालन गरिने सीबी सिनेमाले जनाएको छ । ‘छ माया छपक्कै’ दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले बनाएको फिल्म हो । राजनीतिक द्वन्द्वको समयमा पलाएको प्रेम र राजनीतिले प्रेममा पार्ने प्रभावको बिषयलाई हास्यपरक ढङगबाट फिल्ममा प्रस्तुत गरिएको छ । राजनीतिक द्वन्द्वले प्रेममा पार्ने प्रभावको कथा सिनेमाले भन्ने छ । कमेडी विषय वस्तुमा निर्माण गरिएको सिनेमा देशमा घटिरहने गम्भीर विषयवस्तु उपर केन्द्रीत छ ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारको अभिनय छ ।

तपाईको प्रतिक्रिया