- प्रदीप जस्मैत चौधरी

बराहक्षेत्र / बराहक्षेत्र ५ श्री ज. डे. ज. मा. वि.को खेल मैदान पुर्व पट्टी हैटाखोलामा असोज २४ गते शुक्रबार शालनाल सहित पानीमा फालिएको बच्चा फेलापरेको छ । स्थानीयले बिहिवार बेलुका देखे पनि गुडिया हो भनेर वास्ता नगरेको बताउँछन् । आज विहान ९ बजे फेरि खोलामा देखे पछि कालाबन्जर प्रहरी चौकीलाई खवर गरिएको थियो । बालक अन्दाजी एक दुई दिन अघि मात्रै खोलामा फालेको हुन सक्ने शंका गरिएको छ ।

इलाका प्रहरी कार्यालय चक्रघट्टीले बालकको शवको मुचुल्का उठाई धरानको विपि हस्पिटल पोष्टमार्टमका लागि पठाइएको असइ दिपेश कुमार देवले बताए ।कालाबन्जरमा यस्तो घटना पहिलो हो कसले किन यस्तो काम गर्‍यो हामी पत्ता लगाउने छौ, गाउँघर सोधपुछ गर्ने छौ, प्रहरीले यथासक्दो चाडो घटनाको बारेमा पत्ता लगाउन मद्दत गर्नु पर्यो वडाअध्यक्ष राजु अघिकारिले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia