सुनसरी सदरमुकाम इनरुवाबाट प्रहरीले ७ जना जुवाडे पक्राउ परेका छन् । नम्रता होटलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई सुनसरी प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा प्रदीपकुमार साह, रवी साह, राजकुमार साह, शम्भु कुमार साह, हसवुल मन्सुरी, रामबहादुर तामाङ र रामानन्द मण्डल रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ७ थान मोबाइल सहित ८१ हजार ५ सय ७० र भारतीय रुपैंया ६ हजार ६ सय ८० रुपैंया बरामद गरेको छ । पक्राउ परेकाहरु उपर कानुनी कार्वाहीको प्रकृया अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया