इनरुवा/सुनसरीमा देउसी भैलो रातीको दश बजे सम्म मात्रै खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार संघीय सरकारको निर्णय अनुसारनै जिल्लामा देउसीभैलोको समयसीमा तोकिएको हो ।देउसी भैलो खेल्नेले दक्षिणा दिनेको हकमा जबरजस्ती र बाध्य बनाउन पाउने छैन् । यद्यपी इच्छाले दिएको सिदा र दक्षिणा भने लिन पाउने छन् ।

जिल्ला सुरक्षा समितिको बैठकले तिहारलाई भड्किलो हुन नदिन सुरक्षा संयन्त्र चुस्त रुपमा परिचालन गरिएको समेत जनाएको छ । पटकाजन्य कारोवार रोक्नुकासाथै चोरी र अन्य आपराधिक घटना हुन नदिन आवश्यक्ता अनुरुपको सुरक्षा बन्दोवस्ती मिलाइएको सुनसरी प्रशासनले जनाएको छ । त्यसैगरी रातीको ९ बजेपछि बजार पसल बन्द गर्न समेत प्रशासनले आग्रह गरेको छ ।मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र अटेर गरेको पाइए सम्वन्धित ब्यक्तिलाई पक्राउ गरी कार्वाही गरिने सुनसरी प्रहरीले जनाएको छ ।सुनसरीका प्रहरी प्रवक्ता डिएसपी बिनोद शर्माका अनुसार तिहारलाई मर्यादित र शान्तिपूर्ण बनाउन यथेष्ट मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।सुनसरी प्रहरीले जुवातास खेल्ने, खेलाउने, कोलाहल मच्चाउने र आपराधिक प्रवृति भएका शंकास्पद व्यक्ति देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न समेत जिल्लावासीमा अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया