इनरुवा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश एकको नाम कोशी प्रदेश राख्न सुझाव दिनुभएको छ । सुनसरीको इटहरीमा सनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इटहरी नगर कमिटिको आयोजनामा वृहत शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै वहाँले प्रदेशको नाम कोशी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको हो । वहाँले सबै नेपालीहरुलाई शुभदिपावली, छठ र नेपाल सम्बतको अवसरमा वृहत शुभकामना आदानप्रदान कार्यक्रम गरेकोमा नेकपा इटहरीलाई धन्यवाद दिदै पार्टीको एकता सिर्घ सम्मपन्न गर्नुपर्ने बताउनुभयो ।

सम्पन्न कार्यक्रमका प्रमुख अथिति समेत रहनुभएका नेपकाका बरिष्ठ नेता माधव कुमार नेपालले चार्ड पर्वले पार्टीमा देखिएको सानातिना विवादहरु सकिएको र एकतालाई सिर्घ सम्मपन गरि देशलाई विकासको गती लानुपर्ने बताउनुभयो । वहाँले सच्चा कम्युनिस्टहरु इमान्दार, नैतिकवान र देश तथा जनताप्रति उतरदायी हुने भएकाले त्यसमा कोही पनि दयाबायाँ गर्न नहुने बताउनुभयो । साझँपरे पछी भट्टीमा धाउने, काम भन्दा कुरा गर्नेहरु कहिले पनि कम्युनिस्ट हुन नसक्ने भएकाले त्यसमा सबै नेता कार्यकर्ताहरुलाई सचेत रहन निर्देशन समेत दिनुभयो । वहाँले एकतामा बल हुने भएकाले एकताबाट कोही पछि हट्न नहुने र अव देशमा राजनीतिक आन्दोलन सकिएकाले जनतालाई विकासको पूर्ण प्रत्याभुती दिलाउन विकासको क्रान्ति सुरु गर्नुपर्ने बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले नेकपाका सबै नेताहरु अव विकास प्रेमी बन्नुपर्ने र जनताको पार्टी अनि विकासको पार्टी नेकपा हुनुपर्नेमा जोड दिनुभयो । नेता नेपालले मास्टर प्लान सहित देशको दिगो विकासमा लाग्न सबै नेता कार्यकर्ताहरुलाई दिर्नेशन समेत दिनुभयो । विगतको भन्दा विकासले गति लिएपनि त्यसमा गुणस्तरीयता र दिगोपनामा समेत ध्यान दिनुपर्ने बताउनुभयो । पार्टीका जग नै जनता भएकाले जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । पार्टीमा पहुच, अनुहार र खेमा हेरेर नभई योगदान, वीधि र शासनको आधारका जिम्मेबारी बाडफाड गर्नुपर्ने समेत बताउनुभयो । उक्त कार्यक्रममा प्रदेश मन्त्री जिवन घिमिरे, नेता प्रदेश इन्चार्ज भिमप्रसाद आचार्य, सुनसरी जिल्ला अध्यक्ष योगेन्द्र मण्डल, जिल्ला इन्चार्ज धर्मराज निरौला, नेतृ भगवती चौधरी, अनिता परियार, महफुल आलम, जिल्ला सदस्यहरु, प्रदेश सांसद सर्वध्वज साँवा, लिलम बस्नेत, नेकपा नेताहरु अरुण गुरुङ होमनाथ धमला, सुनिल कार्की, बिरेन्द्र गौतम लगायतको उपस्थिती रहेको थियो । उता सुनसरीको विभिन्न गाउँपालिका र नगरपालिकामा शुभकामना आदानप्रदान गर्ने क्रममा नेकपा इनरुवा ५ नम्बर वडा कमिटिले सनिबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नेपल कम्युनिस्ट पार्टी(नेकपा)ले सबै वडामा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने क्रममा शारदा माविमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।नेकपा इनरुवा ५ नम्बर वडा कमिटिको आयोजनामा कार्यक्रम सम्पन्न गरेको वडा सचिव लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम पार्टीका इनरुवा ५ अध्यक्ष मेघराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा पार्टीका सुनसरी अध्यक्ष योगेन्द्र मण्डल, नेता खेमराज पोखरेल, पोष्टकुमार नेपाल, पर्शुराम यादव, गोपी ढकाल, इनरुवा नगर अध्यक्ष तिर्थ अधिकारी, सचिव तोया गिरी पोदार लगायतको उपस्थिती थियो ।













