इनरुवा । नेपाल तरुण दल जिल्ला कार्य समिती र इनरूवा नगर कार्य समितिले नेपाल तरुण दलको ६६ औ स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरेको छ। नेपाल तरुण दलको ६६ औ स्थापना दिवसमा आइतबार नेपाल तरुण दल जिल्ला कार्य समिती र इनरूवा नगर कार्य समितिको आयोजनामा भएको कार्यक्रममा जिल्ला अस्पताल इनरुवामा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरिएको जिल्लाकार्य समिति सचिव रमेश कटुवालले बताएका छन् ।

इनरुवा अस्पतालको इर्मेजेन्सी तथा वार्डमा भर्ना भएका सुत्केरी, तथा विभिन्न खालका बिरामीहरुलाई फलफुल वितरण गरि नेपाल तरुण दलको स्थापना दिवश मनाएको नगरकार्य समितिका सभापति सुरेन्द्र साहले बताए । कार्यक्रममा संघिय सांसद सिताराम मेहता, इनरुवा नगरप्रमुख राजन मेहता, उधोग वाणिज्य संघ इनरुवा अध्यक्ष बिरेन्द्र साह, समाजसेवी भरत मेहता, योगेन्द्र मेहता सहित तरुण दल इनरुवाका युवाहरुको सहभागीता रहेको थियो।

तपाईको प्रतिक्रिया