सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आजबाट रात्रिकालीन फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
सुनसरी युथ क्लब इनरुवाको आयोजनामा संचालन हुन लागेको प्रतियोगितामा १२ वटा टिमले सहभगिता जनाउँदै छन् ।
भोक्राहामा आयोजना हुन लागेको प्रथम अध्यक्ष कप रात्रिकालीन फुटबल प्रतियोगिताको बारेमा आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।


आयोजकले फुटबल प्रतियोगितालाई कुलतमा फस्दो युवा जमातलाई लक्षित गरी संचालनमा ल्याउन लागेको जनाएको छ ।ग्रामिण भेगमा खेलकुद प्रतिको मोह बढाउँदै कुलत मुक्त समाज निर्माणकालागि युवा सहभागिता बढाउने उद्येश्यसाथ रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष अफजल हुसेनले बताए ।प्रतियोगिता अन्र्तगत आज साँझ हुने उद्घाटन खेल इनरुवा इभेन्ट म्यानेजमेन्ट र न्यू सुनगाभा क्लबबिच हुने छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia