इनरुवा नगरपालिका वडा नं. १ को कार्यालयले एकल महिला (विधुवा)हरुलाई चाडपर्वको खर्च वितरण गरेको छ। नगरपालिकाको कार्यालयले वडाको वार्षिक कार्यक्रम अनतर्गत रहेको एकल महिला (विधुवा)लाई प्रतिव्यक्ति एक हजारका दरले चाडपर्वको खर्च उपलब्ध गराएको हो। इनरुवा नगरपालिका वडा नं. १ कार्यालयको तथ्याङक अनुसार वडामा २ सय ६५ जनाको हाराहारीमा एकल महिला (विधुवा)हरु रहेका छन्।

वडा नं. १ का सम्पुर्ण एकल महिलाहरुलाई चाडपर्वको खर्च वापतको रकम वितरण गरिएको वडा नं. १ का वडा अध्यक्ष रामचन्द्र पौदारले बताए । पुर्व सुचना दिई वडाका एकल महिलालाई वडा कार्यालयमा नै बोलाई चाडपर्वको खर्च वापतको रकम उपलब्ध गराएको वडा सचिव देव नारायण मेहताले बताए । वडा अध्यक्ष, वडा सचिव, वडा सदस्य देव नारायण साह, महिला वडा सदस्य भुवनेश्वरी गुरागाई लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया