सुनसरीको हरिनगर गाउँपालिका वडा नम्वर ७ घुस्कीमा नेपाली काँग्रेसले ठूलो संख्यामा कार्यकर्ता पार्टीमा प्रवेश गराएको छ ।नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर ४ ख ले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमकाबिच कांग्रेस नेता ज्ञानेन्द्र कार्की, सीताराम मेहता र राजिब कोइराला सहितकाले नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

घुस्की बजारमा केही समय अघि नेकपाले औपचारिक कार्यक्रमको आयोजनाकाबिच पार्टी प्रवेश कार्यक्रम गराएको थियो । कांग्रेसले सोही क्षेत्रलाई लक्षित गरी सभाको आयोजना गरी नेकपा सहित अन्य दलका सयौं नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराएको दाबी गरेको छ । कार्यक्रममा जहागिर अन्सारी सहित विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री समेत रहेका कांगेस नेता ज्ञानेन्द्र कार्कीले दुई तिहाईको दम्भका नेकपा पतनको बाटो तर्फ अग्रसर हुँदै गएकाले मुलुकको समृद्धि र दीर्घगामी बिकासकालागि कांग्रेस बाहेकको विकल्प नरहेको बताए। कार्यक्रममा बोल्ने वक्ताहरुले सातै प्रदेशमा कांग्रेस सरकारले चुनेका प्रदेश प्रमुख बरखास्त गरिएको प्रति रोष प्रकट गरेका थिए । वर्तमान सरकारले सहमति र सहकार्यको बाटो बन्द गरेको भन्दै उनीहरुले अधिनायकवाद तर्फ उन्मूख वर्तमान सरकारलाई लगाम बेगरको घोडाको संज्ञा दिए । हारुन अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्ञानेन्द्र कार्की सहित सांसद सीताराम मेहता, प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइरालाका अलावा, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी लगायतकाले मनतब्य राखेको कांग्रेसका युवा नेता नइम अन्सारीले बताए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia