- दिपेन्द्र यादव

इनरुवा। सुनसरी प्रहरीले विभिन्न ठाउँमा प्रहरी परिचालन गरि व्यावसायिक रूपमा उत्पादन गर्दै आएकाे विभिन्न स्थानबाट पाँच हजार भन्दा बढी गाजाकाे बाेट काटेर नष्ट गरेको छ।
गाजा फडानी गर्ने अभियान अन्तर्गत इनरुवा नगरपालिकाको वार्ड नम्बर ९ बविया, वार्ड नम्बर १० जल्पापुर, भोक्राहा नरसिंह गाउँपालिकाकाे वार्ड नम्बर १,२,३,६,७,८, हरिनगर गाउँपालिकाकाे केही वडा, गढी गाउँपालिकाकाे ३,४,६, काेशी गाउँपालिकाकाे २,५,६ मा प्रहरीले गाजा फडानी गरेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक बिनाेद शर्माले जानकारी दिए । प्रहरी नायव उपरीक्षक शर्माका जानकारी अनुसार दुहबी, रामधुनी, बराहक्षेत्र नगरपालिका र बाकी रहेको बर्जु गाउँपालिका, देवानगञ्ज गाउँपालिका लगायतका ठाउँमा गाजा फडानी गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरिने छ ।

तपाईको प्रतिक्रिया