- बिरेन्द्र शाह

इनरुवा। सुनसरीको कोशि गाउँपलिका वाडा नं. ७ मा प्रसुति गृहको निर्माण भएको छ। कोशी गाउँपालिका र सि. डि. पि. आर. आर. एन. तथा समुदायको सहयोगमा दुई कोठे पक्की भवनको निर्माण भएको छ। वाडा नं. ७ का वडाअध्यक्ष रामचन्द्र महतो कोइरीका अनुसार कुल ३० लाख १५ हजार १३५ मा प्रसुति गृहको निर्माण भएको हो। जसमा सि. डि. पि. आर. आर. एन. को २६ लाख २० हजार १३५, कोशी गाउँपालिकाको ३ लाख ९२ हजार तथा समुदायको ३ हजार आर्थीक सहयोगमा निर्माण भएको हो। प्रसुति गृहको निर्माण पश्चात कुल १२२१ घरधुरी लाभान्वित हुने छन्। २०७६।७।२१ गतेका दिनबाट सञ्चालनमा आउने उक्त प्रसुति गृहको विधिवत उदघाटन कोशी गाउपालिकाका अध्यक्ष ऐयुब अंसारीले गर्ने निश्चित भएको वडाध्यक्ष महतोले जानकारी दिएका हुन।

वडामा प्रसुती गृहको निर्माण भएपछि स्थानियलाई प्रसुती सेवाकालागि अन्त धाउनु नपर्ने स्थानियहरुको बुझाई छ। वडाध्यक्ष महतोका अनुसार आफ्नो वडा लगायत छिमेकी वडाका जनतालाई गुणस्तरीय स्वास्थय सेवा दिनमा आफु प्रतिवद्ध रहेको बताए। त्यस्तै यता वडाध्यक्ष महतो र कोशी गाउपालिकाको पहलमा लामो प्रयास पछि प्रसुति गृहको निर्माण भएपछि त्यहाँका स्थानियहरुमा खुसी छाएको एक स्थानियले बताए।
https://www.facebook.com/inaruwaonline/videos/1369497613219143/

तपाईको प्रतिक्रिया

trusted online casino malaysia