- बिरेन्द्र शाह

एक युवा जस्को काधमा सम्पुर्ण परिवारको जिम्मेबारी बोकेका आशिष पोखरेल बल्ड क्यानसर भएर थलिएका छन् । उपचारकालागि खर्च जोहो गर्न नसकेकै कारण उनका पारीवारिक सदस्यहरु चिन्तित छन्। २३ वर्षिय पोखरेल इनरुवा ५ बलाहा, देवराली टोलका स्थानीय युवा हुन् । एस.ई.ई. उत्रिण गरे संगै पारिवारिक स्थिति नाजुक हुदा रोजगारी गर्दै आएका पोखरेल जटिल प्रकृतिको रोगबाट ग्रसित छन् । चिकित्सकहरुका अनुसार उक्त रोग लागेको व्यक्तिको समयमै उपचार सम्भव नभए जुनकुनै बेला ज्यानै जान सक्छ। पोखरेलको सिभिल अस्पताल नयाबानेश्वर काठमाडौंमा भर्ना गराइ उपचार भैइ रहेको छ। अस्पतालले २५ लाख रुपैंया उपचारमा लाग्ने बताएको आशिषका काकाले हामी संग बताए ।

आमाबुबाको बुढेस्कालको एकमात्र साहारा बिरामी अवस्थाका बिच पोखरेल सहयोगको याचना गरिरहेका छन् । औषधोउपचार सहित थप अन्य खर्चको समेत आवश्यक पर्ने भएकाले तेत्रो ठुलो धनराशी जुटाउन असमर्थ रहेको उनको काकाको भनाई छ। परिवारसँग उपचारकालागि कुनै विकल्प बाँकी नभएकाले पोखरेललाई बँचाउन दाताहरुको सहयोग अन्तिम आश बनेको आशिष पोखरेल बँचाउ अभियानमा जोडिएकाहरुको भनाई छ । आशिष पोखरेल बँचाउ अभियानमामा स्थानीयहरुको साथ र सहयोगमा आर्थिक संकलनको कार्य थालिएको छ। “ओ पोजेटिभ” (O +ve) रगत समुह रहेका पोखरेललाई उपचारको क्रममा रगतको आवश्यकता परिरहने हुदा जो कोही “ओ पोजेटिभ” रगत समुह संग मिल्ने रगत समुह भएका माहानुभावलाई रक्तदान गरि सहयोग गरिदिनु हुन पारिवारि श्रोतले अनुरोध गरेको छ।पोखरेलको उपचारमा सहयोग गर्न चाहनेहरुकालागि एन.आई.सि. एसिया बैंकमा खाता समेत खोलिएको छ । बिरामी आशिष पोखरेलको बुबा झलक मणि पोखरेलको नाममा खोलिएको एन.आई.सि. एसिया बैंकको खाता नम्बर ०४९५७५०६४३३२९००१ मा इक्षाएका व्यक्तिहरुले सहयोग रकम जम्मा गर्न सक्ने छन् । पोखरेलका बुबाको सम्पर्क नं. ९८११३५२४५५ रहेको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia