- नसीम अन्सारी

भुटाहा। सुनसरीकाे हरिनगर गाउँपालिका वडा नं. १ भुटाहाकाे मल्लहा टाेलबाट भुटाहा प्रहरी चाैकीले संकलन गरेको पाँच हजार लिटर अबैध घरेलु मदिरा तथा पाँच सय भन्दा बढी मदिरा बनाउने भडा समेत नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय इनरुवालाई बुझाएको भुटाहा प्रहरी चाैकीले बताएको हाे। भुटाहाकाे मल्लहा टाेलमा अवैध रुपमा उत्पादन भइरहेको ठुलो परिमाणको घरेलु मदिरा शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको झण्डै पाँच हजार लिटर मदिरा जिल्ला प्रहरी कार्यालय पठाएको स्थानीयवासी तथा १ नं. वडा सदस्य रिनाेद बहरदारले जानकारी दिनुभएकाे हाे। संकलन गरिएको मदिरा शुक्रबार नै नष्ट गर्ने जिल्ला प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए । ‘अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा बरामद गरि नष्ट गर्ने बताएकाे हाे।

Gepostet von Inaruwa Online am Donnerstag, 7. November 2019

उहाका अनुसार जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले घरेलु मदिरा तथा गाजा नियन्त्रणमा लिएर नष्ट गर्ने याेजना रहेको जानकारी दिनुभएको हाे। चाडपर्वको समयमा सुनसरीमा सबैभन्दा बढी घरेलु मदिरा खपत हुने गरेको छ । प्रहरीले विगतका वर्षमा चाडपर्वको समयमा ठुलो परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गर्दै आएको छ । यसैगरी प्रहरीले अबैध रुपमा मदिरा उत्पादन गर्दै आएको दुई दर्जन घरमा लुकाई राखेको अवस्थामा पाँच सय ड्रम भन्दा बढी कच्चा पदार्थ पनि नियन्त्रणमा लिएर नष्ट गरेको पाेखरेलले जानकारी दिए ।

Gepostet von Inaruwa Online am Donnerstag, 7. November 2019

Gepostet von Inaruwa Online am Donnerstag, 7. November 2019

तपाईको प्रतिक्रिया