इनरुवा। नेपाली भूभाग मिचेको विषयलाई लिएर सुनसरीको इनरुवामा समेत भारत सरकार विरुद्ध बिरोध प्रर्दशन गरिएको छ । कालापानीको मुद्धालाई लिएर देशभर आन्दोलन छेडिदा इनरुवामा समेत भारत बिरोधी प्रर्दशन गरिएको हो । स्थानीय युवाहरुको अगुवाईमा निकालिएको ¥यालीमा नगरवासीले समेत सहभागिता जनाएका थिए । शान्तिचौकबाट सुरु भएको भारत बिरोधी नाराबाजी सहितको ¥याली बसचौकमा पुगी कोण सभामा परिणत भएको थियो ।

स्थानीयहरुले केहिबेर पूर्व पश्चिम राजमार्ग खण्डमा अवरोध समेत गरेका थिए । सहभागिहरुले कालापानी नेपालकै भएकाले भारतको दादागिरी तोड्न राष्ट्रिय एकताको खाँचो औंल्याए ।लिपुलेक कालापानी सहितका नेपाली भूभाग आफ्नो तर्फ रहेको रहेको विवादित नक्सा जारी गरेपछि नेपाल भर भारत विरोधी अभियान छेडिएको छ । इनरुवाबासीले भारतीय नक्सा सच्याउन नेपाल सरकारले उचित प्रमाण र दस्तावेजका आधारमा तत्कालै बाट आवश्यक कुटनैतिक पहल चाल्नु पर्ने माग समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia