इनरुवा। सुनसरीका मुस्लिम समुदायले ईस्लाम धर्म प्रवर्तक हजरत पैगम्बर महम्मद जन्म दिनको अवसरमा बृहद र्याली निकालेका छन् । मोहम्मद डे भनिने पैगम्बरको जन्म दिनको अवसरमा मुस्लिम बाहुल्य रहेको सुनसरीको भारतीय सीमावर्ती गाउँपालिका हरिनगर सहितका क्षेत्रमा शान्ति र्याली निकालिएको छ । मुस्लिम अगुवा नईम अन्सारीका अनुसार ईस्लाम धर्म प्रवर्तक पैगम्बर महम्मदको सम्झनामा शान्ति र्यालीको आयोजना गरिएको हो ।

सुनसरीका मुस्लिम समुदायले शान्ति र भाईचाराको कामना सहित आपसमा खुशी साट्दै पैगम्बर महम्मदको जन्म दिन मनाएका हुन् । सुनसरीका विभिन्न मदरसाबाट भेला भई निस्केकोे र्यालीले स्थानीय बजार तथा गाउँघरको परिक्रमा गरेको थियो । महम्मद पैगम्बर जसलाई ईस्लाम धर्मावलम्बीहरुले सल्लल्लाहु अलैही बसल्लम भन्ने गर्दछन । उनैको जन्म दिनबाट ईस्लाम तिथी हिजरी सम्वतको प्रचलन भएको मानिन्छ ।

तपाईको प्रतिक्रिया