भोक्राहा नरसिंह गाउँपालिकाको कार्यालयले आर्थिक वर्ष २०७६=०७७ को वार्षिक बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।नेकपाका प्रदेश एक इन्चार्ज भीम आचार्यको उपस्थितिका बिच गाउँपालिकाले सार्वजनिकिकरण कार्यक्रमको आयोजना गरेको हो ।गाउँपालिकाले आर्थिक वर्ष २०७६=०७७ को कुल बजेट ३७ करोड १३ लाख ९६ हजार रहने अनुमान गरेको छ ।गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवका अनुसार कुल बजेट मध्ये पूँजिगत तर्फ गाउँपालिकाको लागि १० करोड ६२ लाख ४६ हजार छुट्याइएको छ ।

वडा कार्यालयहरुका लागि ८ करोड रकम विनियोजन गरिएको छ । चालु खर्च तर्फ ६ करोड ५१ लाख ५० हजार छुट्याइएको अध्यक्ष यादवले बताउनु भयो ।गाउँपालिकाले भौतिक पूर्वाधार विकाससँगै प्राथमिकताका विषयलाई समग्र रुपमा समेटेर अघि बढ्ने निति लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेले जानकारी दिनुभयो ।








