गाउँपालिकाको कार्यालयले वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिरहँदा नेपाली काग्रेस भोक्राहा नरसिह गाउ ईकाइ समितिले भने बिरोध जनाएको छ ।आफुहरुसँग समन्वय नगरी कार्यक्रम आयोजना गरिएको भन्दै गाउँपालिकामा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुले उक्त कार्यक्रम बहिष्कार समेत गरेका छन् ।पत्रकार सम्मेलनको आयोजना गरि वडाध्यक्ष सहित स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताहरुले गाउँपालिकाको कार्यालयको कदम प्रति रोष प्रकट गरेका हुन् ।

काँग्रेस तर्फका वडाध्यक्ष हारुन अन्सारीले सम्वन्धित क्षेत्र भन्दा बाहिरका व्यक्तिलाई कार्यक्रमको प्रमुख अतिथि बनाएको प्रति आफुहरुले असन्तुष्टि पोखेको बताए । विरोध कार्यक्रममा काँग्रेस नेताहरु शिवनारायण उराँव, सुर्यदेव दास उराँव, युवराज दाहाल, इसराइल मन्सुरी, सुनिल साह, हारुन अन्सारी, राजेन्द्र मेहता, युवराज दाहाल लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia