सुनसरी खोलामा पहिलो पटक आरती तथा दीपोत्सव कार्यक्रम आयोजना गरिएको छ । इनरुवा नगरपालिका र सनातन कुटुम्ब इनरुवाले आज साँझ संयुक्त रुपमा सो कार्यक्रम आयोजना गरेको हो । आरती तथा दीपोत्सव कार्यक्रममा नगरवासीको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।  त्यसअघि भगवति मन्दिरबाट दीप सहित शोभा र्याली निकालिएको थियो । धार्मिक तथा वैदिक विधि अनुसार पुजाअर्चना पश्चात आरती तथा दीपोत्सव गरिएको थियो । कार्यक्रममा नगर प्रमुख राजन मेहता, सांसद सीताराम मेहता, प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia