कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रमेश तिम्सिना चुनिएका छन् । १९ औं साधारण सभाले तिम्सिनाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।कार्य समितिको उपाध्यक्षमा विन्दु बराल, सचिवमा कृष्ण प्रसाद दाहाल र कोषाध्यक्ष कृष्ण तिम्सिना चयन भएका छन् ।कार्य समिति सदस्यतर्फ रामप्रसाद घिमिरे, सुधा तिम्सिना, केदार भण्डारी, वासुन्ती तेल, प्रकाश नेपाली, हरि दाहाल र वैंश आलम छानिएका छन् । त्यस्तै कोशीको लेखा समिति संयोजकमा योगेन्द्र गिरी दोहोरिंदा अच्युत भण्डारी र रामहरी शर्मा सदस्य रहेका छन् ।


कोशीको ऋण उपसमितिमा उद्धव काफ्ले, हेमराज पोखरेल र खिलबहादुर अधिकारी चुनिएको संस्थाका प्रवन्धक रिजन तिम्सिनाले जानकारी दिए ।त्यसअघि इनरुवामा सहकारीले १९औं वार्षिक साधारण सभा सम्पन्न गरेको थियो । प्रदेश एकका सभामुख प्रदीप भण्डारीको प्रमुख आतिथ्यतामा कोशी बचतले वार्षिक साधारण सभा समपन्न गरेको थियो ।साधारण सभामा दिइएको जानकारी अनुसार संस्थाको मुनाफामा वृद्धि भएको छ । संस्थाको आ.व. २०७४।०७५ को कुल मुनाफा ४९ लाख ७९ हजार ७ सय २४ रुपैंया रहेकोमा आ.व. २०७५।०७६मा संस्थाको मुनाफा वृद्धि भई ७४ लाख ६५ हजार ८२ रुपैंया पुगेको छ ।संस्थाको १९ औं वार्षिक साधारण सभामा लेखा समितिको प्रतिवेदन सार्वजनिक गर्दै संयोजक योगेन्द्र गिरीले अघिल्लो आर्थिक वर्षको तुुलनामा संस्थाको मुनाफामा वृद्धि हुन पुगेको बताएका हुन् । संस्थाले मुनाफा वृद्धिलाई ऋण लगानीमा वृद्धिसँगै असुलीमा आएको सुधार प्रमुख कारक मानेको छ ।कोशी बचत तथा ऋण सहकारी संस्थाले गत आ.व.को तुलनामा २० दशमलव ७९ प्रतिशत बचतको रकममा वृद्धि भएको समेत जनाएको छ । शेयर पुँजी रकममा २८ दशमलव ५४ प्रतिशतले बढोत्तरी भएको लेखा समिति संयोजक गिरीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।


२५ जना शेयर सदस्यबाट सुरु भएको कोशी सहकारीमा हाल ९ सय ८३ जना शेयर सदस्य रहेका छन् । जसमध्ये महिलाको संख्या ३ सय ६२ रहेको छ भने पुरुष ६ सय २१ जना रहेका छन् ।३७ हजार ५ सय शेयर पुँजीबाट सुरु भएको सहकारीको हालको शेयर पुँजि १ करोड ८८ लाख १४ हजार ८ सय पुगेको छ । सहकारीको कुल ऋण लगानी २३ करोड ९६ लाख २८ हजार ५ सय १९ रुपैंया रहेको छ ।

त्यसैगरी कुल सञ्चालन आम्दानी १ करोड ६१ लाख १७ हजार ५ सय ३४ रहेको कोशी बचतको कुल खर्च ८२ लाख ५९ हजार ५ सय ५२ रुपैंया रहेको छ भने कर अघिको मुनाफा ७८ लाख ५७ हजार ९ सय ८१ रुपैंया रहेको बताइएको छ ।साधारण सभामा संस्थाका अध्यक्ष केदार भण्डारीले संचालक समितिको तर्फबाटसंस्थागत प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष भण्डारीले संचालक समिति र शेयर सदस्यहरु बिचको घनिष्ठ र भरोषापूर्ण समबन्ध र विश्वासले सहकारीले उल्लेखनीय सफलता हात पार्न सफल भएको बताए ।सहकारी प्रतिको बढ्दो जनविश्वासकै कारण कोशी बचत नगरभित्र अब्बल ठहरिएको उनले बताए । सहकारीको मुनाफामा वृद्धिसँगै संस्थाले शेयर सदस्यहरुलाई १८ प्रतिशत लाभांस वितरण गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia