देशको सिमाना मिचिएको विषय सार्वजनिक भैरहँदा गुगल म्यापमा सुनसरीको भाण्टाबारी नजिकैको तीनकुने खण्ड भारतीय भुमिमा देखाईएको छ । गुगल म्यापले तीनकुने खण्डको हनुमान मन्दिर क्षेत्रको पूर्व पश्चिम राजमार्गलाई भारतीय भुमि तर्फ देखाएको छ । गुगल म्यापले सुनसरी स्थित कोशी व्यारेज क्षेत्रमा रहेको राजमार्गको सो खण्डलाई भारततर्फ देखाएको हो ।

कोशी ब्यारेज नजिकै हनुमान मन्दिरदेखि ४ सय मिटर पूर्व सडकबाट हरिपुर क्षेत्रको करिब ६५० मिटर सम्मको सडक नै भारततर्फ रहेको गुगल म्यापमा देख्न सकिन्छ । सो विषयमा सुनसरीका समवन्धित सरकारी नियकाका प्रमुखहरुले अनभिज्ञता प्रकट गरेका छन् । उनीहरुले सो विषय अध्ययन गरि आवश्यक पहल चालिने बताएका छन् । गुगलका प्रमुख कार्यकारी (सिईओ) यतिबेला भारतीय नागरिक छन् । गुगलका प्रमुख कार्यकारी तामिलनाडुका सुन्दर पिचाई हुन् । नेपाली भुभाग तर्फको राजमार्ग भारतीय भुमिमा देखिनु गुगलको त्रुटी वा बदनीयत हो भन्ने विषय छानविन हुनुपर्ने स्थानीयको माग छ । थाहा खबरको सहयोगमा








