इनरुवाकोे रेडक्रस वस्तीमा शैक्षिक सामग्री वितरण गएिको छ । इनरुवा ४ मा रहेको रेडक्रस आधारभुत विद्यालयलाई सामाजिक अभियान्ता दिनेश लम्सालले शैक्षिक सहितका सामग्री उपलब्ध गराएका हुन् । सो विद्यालयमा अधिकांश गरिव, दलित र विपन्न परिवारका बालबालिका अध्ययनरत छन् ।


सदरमुकाम इनरुवाको पिछडिएको विद्यालयका रुपमा लिइने रेडक्रस आधारभुत विद्यालयलाई लम्सालले शैक्षिक सामग्रीका साथै पंखा सहितका सामग्री उपलब्ध गराएका हुन् ।
वर्णमाला दैनिकको आयोजनामा औपचारिक कार्यक्रमकाबिच विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष आशा सरदारलाई सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।
सो कार्यक्रममा वडा नम्वर ४ का कावा अध्यक्ष विष्णुदेव उराँव, प्रअ यशोदा भट्टराई, शिक्षक मनोजकुमार मेहता, सुष्मिता भगत, सरो शर्मा, वर्णमाला दैनिकका सह–सम्पादक राजेन्द्र पोखरेका साथै अभिभावकहरुको उपस्थिति रहेको थियो ।
लम्साल विभिन्न सामाजिक कार्यमा सरिक रहँदै आएका व्यक्ति हुन् । इनरुवामा चालिएका सुधारका अभियानसँगै भ्रष्टाचार विरुद्ध खरो उत्रिएका लम्सालले सामाजिक अभियान्ताका रुपमा इनरुवामा आफुलाई स्थापित गराएका छन् ।
वर्णमाला दैनिकले विभिन्न सामाजिक अभियान्ताहरुको सहयोगमा शैक्षिक क्षेत्रसँगै अन्य सामाजिक कार्यमा सहयोग उपलब्ध गराउँदै आएको छ ।












