- अमर काफ्ले

प्याब्सनका पदाधिकारीहरुले निजी विद्यालयहरुलाई कम नआक्न आग्रह गरेका छन् ।
निजी विद्यालयलाई कम आक्दै आफु पायकको नीति अवलम्बन गर्न तर्फ सरकारी पक्ष्य उद्दत देखिएको तर्फ उनीहरुले सचेत गराएका हुन् ।


निजि तथा आवासीय अर्गनाईजेसन नेपाल प्याब्सनका केन्द्रीय सल्लाहकार शंकर थापाले इनरुवामा आयोजित एक कार्यक्रमकाबिच त्यस्तो धारणा राखेका हुन् । उनले निजि विद्यालय सरकारको मेरुदण्डका रुपमा रहेको बताउँदै अंकुश लगाउन खोजिए समग्र शिक्षा प्रणालीमै असर देखा पर्ने बताए । थापाले सरकार बदनीयतपूर्ण तवरले अघि बढ्न खोजेको समेत आरोप लगाए ।
प्याब्सन केन्द्रीय सल्लाहकार थापाले आफुहरुलाई उपेक्षा गरिए मुलुकभर चर्किने आन्दोलनबाट हुन जाने क्षतिको जिम्मेबारी स्वयं सरकार पक्ष्यको हुने धारणा राखे ।
सोही कार्यक्रममा बोल्दै प्याब्सन प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र दाहालले मुलुककालागि सक्षम नेतृत्व र जनशक्ति उत्पादन गर्ने सवालमा निजि विद्यालयको योगदानलाई कम आंक्न नहुने बताए ।
कार्यक्रममा प्याब्सन सुनसरी अध्यक्ष विष्णु कोइरालाले सामूदायिक सरह निजि विद्यालयका हकमा समेत सेवा र सुविधा प्रत्यायोजन गरिनुको साटो विभेदपूर्ण व्यवहार गरिंदै आइएको प्रति खेद व्यक्त गरे । उनले मुलुकको शिक्षा प्रणालीको मजबुती र गुणस्तरीयताकालागि सहकार्य गरि अघि बढ्नु बाहेकको विकल्प नभएको बताए ।
वार्षिक साधारण सभामा वार्षिक प्रगति, आगामी योजना सहित गुणस्तरीय शिक्षाकालागि अवलम्बन गरिनु पर्ने नीतिका विषयमा छलफल गरि आवश्यक रणनीति तयार पारिने नगर प्याब्सन अध्यक्ष मनोज यादवले जानकारी दिए । इनरुवा नगर प्याब्सनमा ३० निजी विद्यालय आवद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia