- अमर काफ्ले

विपन्न समुदायकालागि सुनसरीको कोशी गाउँपालिकामा निःशुल्क विवाह कार्यक्रमको आयोजना गर्न लागिएको छ ।
गाउँपालिकाको कार्यालयले कोशी कटान क्षेत्रमा मंसिरको अन्तिम साता आयोजना गरिने सामुहिक विवाह समारोहको तयारी थालेको छ ।
गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार सामुहिक विवाहकालागि गाउँसभाबाट स्विकृत कार्यक्रम अनुसार सामुहिक विवाह कार्यक्रमको आयोजना गर्न लागिएको हो । अध्यक्ष अन्सारीले कार्यक्रमका लागि १५ लाख रकम छुट्याइएको जानकारी दिए ।

गाउँपालिकाले सामुहिक विवाह गर्न चाहनेहरुकालागि आवेदन समेत खुला गरेको छ । मंसिर १७ गतेभित्र नजिकको वडा वा गाउँपालिकाको कार्यालयमा विवाह गर्न चाहनेले नाम दर्ता गराउनु पर्ने छ । विवाहकालागि अभिभावकको मञ्जुरी भने अनिवार्य गरिएको छ ।
विपन्न समुदायलाई लक्षित गरि आयोजना गरिएको सामुहिक विवाहमा सरिक भए वापत बेहुला र बेहुलीलाई लत्ताकपडाका लागि १०–१० हजार गाउँपालिकाले उपलब्ध गराउने छ । विवाह गर्ने जोडीलाई जातीय परम्परा अनुसार विधि विधानको व्यवस्था समेत मिलाइने गाउँपालिकाको कार्यालयले जनाएको छ ।
गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार विवाहमा केटा पक्ष्यले बढीमा ५० जना सम्म जन्ती समेत लिएर आउन पाउने छन् । अन्सारीका अनुसार जन्ती सहित आगन्तुकको स्वागत तथा खानपिनको व्यवस्था समेत गाउँपालिकाले जुटाउने छ । सामुहिक विवाह कार्यक्रममा गाउँवासीले मात्र सहभागिता जनाउन पाउने गाउँपालिकाको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia