- अमर काफ्ले

बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदासलाई पक्राउ गर्न सुनसरी प्रहरी अदालतबाट पक्राउ पुर्जीको प्रतिक्षामा रहेको बुझिन आएको छ । प्रहरी स्रोतका अनुसार आरोपित भनिएका कृष्णदासलाई पक्राउ गर्न सुनसरी जिल्ला अदालत इनरुवाबाट पक्राउ पुर्जी लिने प्रकृया अघि बढाइएको छ ।प्रहरी स्रोतले दिएको जानकारी अनुसार अदालत समक्ष्य कृष्णदासलाई पक्राउ गर्न अनुमति माग गरिएको व्यहोरा सहितको कानुनी प्रकृया अघि बढाइएको छ । अदालतबाट पक्राउ पुर्जी जारी भए प्रहरीकालागि कृष्णदासलाई पक्राउ गर्ने कानुनी बाटो खुल्ने छ ।चतरामा आश्रम बनाई बस्दै आएका कृष्णदास उपर अनुयायी महिलामाथि बलात्कारको आरोप लागेको छ ।

कात्तिक ४ गते बलात्कार गरेको आरोप सहित पीडित महिला न्याय माग गर्दै महानगरीय परिषर काठमाण्डौं पुगेकी थिइन् ।सुनसरीको मुद्दा भन्दै महानगरीय प्रहरीले उजुरी नलिएपछि पीडित पक्ष्य सीआइबीमा उजुरी सहित पुगेको बताइएको छ । सीआईबीले महिलाको स्वास्थ्य परीक्षणको रिपोर्ट सहितको उजुरी मंगलबार सुनसरी प्रहरीमा पठाउँदै आवश्यक प्रकृया अघि बढाउन पत्राचार गएको थियो ।सुनसरी प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अघि बढाइएको जनाएको छ । प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले सीआईबीको पत्र प्राप्त भए पश्चात अनुसन्धान सहितको आवश्यक कानुनी प्रकृया अघि बढाइएको बताए ।घटनाको विषय सार्वजनिक भएपछि कृष्णदासले आश्रम छोडेको स्थानीयले बताएका छन् । सुनसरी प्रहरीले कृष्णदासलाई पक्राउ गर्न अदालती प्रकृया कुरेको बताइरहँदा प्रदेश प्रहरीले उनलाई यसअघिनै पक्राउ गरिसकेको स्रोतको दाबी छ । यद्यपी सो कुराको औपचारिक पुष्टि भने हुन सकेको छैन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia