- अमर काफ्ले

अनुयायी बलात्कारको आरोप लागेको सिद्दबाबा भनिने कृष्णदासलाई म्याद थपकालागि सुनसरी जिल्ला अदालतमा पुर्याइएको छ ।आज बिहान बिराट नरसिंङ अस्पताल बिराटनगरबाट पक्राउ गरिएका कृष्णदासलाई प्रहरीले म्याद थपका लागि अदालत पुर्याएको हो ।कृष्णदासलाई एम्बुलेन्समा राखी अदालत पुर्याइएको छ ।

हिजै पक्राउ गर्ने तयारी गरेको प्रहरीले कृष्णदास आइसियुमा भर्ना भएकाले पक्राउ गरेको थिएन् ।डीएसपी बिनोद शर्मा सहित बिराटनगर अस्पताल पुगेको प्रहरीले कृष्णदासलाई एकाविहानै नियन्त्रणमा लिएको हो । स्वास्थ्य सामान्य रहेकाले नियन्त्रणमा लिई म्याद थपको प्रकृया अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia