- अमर काफ्ले

इनरूवा। अनुयायीमाथि जबरजस्ती करणीकाे आरोप लागेका सिद्धबाबा भनिने कृष्णदासलाई सुनसरी जिल्ला अदालतले ४ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएकाे छ ।अनुसन्धानका लागि म्याद थपको मागसहित सुनसरी प्रहरीले कृष्णदासलाई जिल्ला अदालत पुर्याएको थियो ।

एम्बुलेन्समा अक्सिजनसहित अदालत पुर्याइएका कृष्णदासलाई अदालतले अस्पतालमै उपचारमा रहने गरी ४ दिनको म्याद दिएको हो । सुनसरीका प्रहरी प्रवक्ता बिनोद शर्माले अदालतबाट ४ दिनको म्याद थप गरिएको बताए । अस्पतालमै उपचारमा रहने गरि अनुसन्धान गर्न अदालतबाट प्राप्त आदेश अनुरुप कृष्णदासलाई बिराट नर्सिङ होममा लगिने शर्माले बताए ।

म्याद थप पछि संक्षिप्त प्रतिकृया जनाउँदै कृष्णदासले आफुमाथि लगाइएको आरोप झुटो भएको बताएका छन् । सुनियोजित रुपमा आफुलाई फसाउन केही व्यक्ति लागिपरेको कृष्णदासको भनाई छ । न्यूज २४ बाट सार्वजनिक अडियो टेपसमेत आफ्नो नभएको कृष्णदासले बताए । उनले बलात्कारको आरोप लगाउने अनुयायीलाई समेत नचिन्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia