पूर्व पश्चिम राजमार्ग अन्र्तगत झुम्का इनरुवा सडक खण्डमा भएको दुर्घटनामा गर्भवती महिला सहित ६ जना घाइते भएका छन् ।इटहरीबाट इनरुवा तर्फ आउँदै गरेको को १ ज ३४८३ नम्बरको म्याजिक भेन त्रित्रिवन खण्डमा दुर्घटनामा पर्दा इनरुवा ६ की माया अधिकारी सहित ६ जना घाइते भएका छन् ।

मायाको कोखमा ९ महिनाको गर्भ रहेको बताइएको छ ।घाइते हुनेमा इटहरीका अर्जुन भट्टराई, सरस्वती ढुङगाना र भारत सुपौलका सहदेव शर्मा, मनोज शर्मा र कौशिला देवि शर्मा रहेका छन् । घाइतेहरुलाई इनरुवा अस्पतालमा प्राथमिक उपचार पश्चात बिराटनगर रेफर गरिएको छ ।तिव्र गतिमा रहेको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ ।









