- अमर काफ्ले

इनरुवामा पहिलो पटक विद्यापति समारोह आयोजना गर्न लागिएको छ । समारोहको तयारी समेत अन्तिम चरणमा पुगिसकेको छ ।इनरुवामा आयोजना गर्न लागिएको विद्यापति समारोह जिल्लामै पहिलो पटक भएको बताइएको छ ।मैथिली सेवा समिति इनरुवा सुनसरीले मंसिर २१ गते शनिबारका दिन इनरुवा ४ मा रहेको रामजानकी मन्दिर परिषरमा विशेष समारोहको आयोजना गर्न लागेको हो ।

कार्यक्रमका बारेमा आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।कार्यक्रम संयोजक जीवानन्द झाका अनुसार कार्यक्रममा नेपाल र भारतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ ।प्रथम विद्यापति स्मृति पर्व समारोह नाम दिइएको कार्यक्रमलाई तीन चरणमा आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार शनिबार विहान प्रभातफेरि एवं विद्यापति स्मारक शिलान्यास गरिने छ ।दिउँसो प्रदेश एकका मूख्यमंत्री शेरधन राईका साथै प्रदेशका अन्य मंत्रीसँगै प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला, स्थानीय निकायका प्रमुख र भारत बिहारका जनस्रोत मंत्री संजय झा लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा औपचारिक कार्यक्रमको आयोजना गरिने छ । कार्यक्रम संयोजक झाका अनुसार साँझ मैथिल सांस्कृतिक तथा हास्यव्यङ्ग्य कार्यक्रमको आयोजना समेत गरिने छ ।१५ लाख बढी खर्च हुने अनुमान साथ आयोजना गर्न लागिएको कार्यक्रममा १५ सय बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ ।कार्यक्रममा सुनसरी, मोरङ, सप्तरी सहित भारतका विभिन्न भूभागमा बसोबास गर्दै आएका मैथिलभाषी जानकार, विद्धान, तथा अग्रज सहितका कलाकारहरुको उपस्थिति रहने बताइएको छ ।विद्यापतिलाई मैथिली साहित्यका महाकविका रुपमा लिइन्छ । उनले मैथिल साहित्यको लेखन तथा विस्तारमा पु¥याएको योगदानलाई नेपाल र भारत दुवै देशमा सम्मानका साथ हेर्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia